.

रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै

 विराटनगर , चैत ६ । रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ र सहर होलीको गीत जोगिराले गुञ्जायमान हुन थालेको छ ।

नेपालका तराई मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको मिथिला क्षेत्रमा अहिले साँझ पर्ने बित्तिकै गाउँगाउँमा डम्फु, झ्याली, ढोल, मृदङ्ग बज्न थालेको छ भने चारैतिर जोगिरा ९होली गीत०को धुन सुनिन थालेको छ ।

उमेरले ६० पुग्न आँटेका जलेश्वर नगरपालिका(८ बजराही गाउँका विपेन्द्र पाण्डे अहिले साँझ पर्नासाथ आफ्ना घरबाट हातमा डम्फू समातेर गाउँको चौबाटोस्थित मिलन चोकमा पुग्ने गर्छन् ।  त्यस्तै गाउँको उत्तरबारी टोलबाट हारमुनियम लिँदै स्थानीय ५५ वर्षीय रामदेव महरा पनि सूर्यास्त हुनासाथ सोही चौकमा पुग्छन् ।

यी दुवै जनाको आगमन भइसकेको खबर पाउनासाथ गाउँको पछियारी टोलबाट ४४ वर्षीय मोहन साह पनि आफ्नो घरबाटै दुवै हातले झ्याली पिट्दै मिलन चौकमा पुग्ने गर्छन् भने गाउँको पूर्वारी टोलबाट ७० वर्षीय गौरी चौधरी पनि ढोल बजाउँदै सो चोकमा आइपुग्ने गर्छन् ।

विभिन्न वाद्यवादनका साथ मिलन चोकमा आइपुग्ने यी चारजनाबाहेक गाउँकै लोकगायक अरुण पाण्डे, धीरेन्द्र चौधरी, आशनारायण मण्डलसहित अन्य थुप्रै व्यक्ति पनि साँझको दियो बल्ने बित्तिकै मिलन चोकमा जम्मा हुने गर्दछन् ।

आपसी भाइचारा, प्रेम सद्भाव, सुख दुःख साटासाट गर्न र पुस्तौंदेखि चल्दै आइरहेको होलीगीत ९जोगिरा०को संरक्षण र प्रवद्र्धनका लागि अहिले दैनिकरुपमा जम्मा हुने गरेका छन् ।

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा ९होलीका गीत० सुनिन थाल्छन् । होलैयाहरु ९जोगिरा गाउने० एकै स्वरमा लय हालेर सबैले गाएको जोगिरा सुन्दा बजराही गाउँको टोलटोलमा आ(आफ्ना घरआँगनमा बसिरहेका जोकोही पनि प्रसन्न एवम् खुसी हुने गर्दछन् ।

होलैयाहरुले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजा लिएर विभिन्न धुन र सङ्गीतको सृजना गर्दै सुरु गरेका जोगिरा राति ११र१२ बजेसम्म निरन्तररुपमा चलिरहन्छ ।

विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्काउने तीतामीठा बाक्य र शब्दलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेको भीड लाग्ने गर्दछ भने जोगिराका क्रममा हुने नाच र गान समेतमा ठूलो सङ्ख्यामा सहभागी हुने गरेको होलैया ९जोगिरा गाउने० अरुण पाण्डेले बताए ।

जलेश्वर नगरपालिका(८ बजराही गाउँका जोगिराटोली निकै चर्चित छ । यहाँको जोगिरा टोलीमा हिन्दू र मुस्लिम दुवै समुदायको समावेशिताले यसलाई झन् अद्भुत बनाइदिएको स्थानीय मुसलिम अगुवा सकुर राइनको बुझाइ छ ।

हिन्दूको पर्वमा मुस्लिम सहभागी नहुने र मुस्लिमको पर्वलाई हिन्दूले चासो नलिने सामान्य मान्यतालाई सदरमुकाम जलेश्वर नगरपालिका(८ बजराही गाउँमा गलत साबित गर्दै स्थानीय दुवै समुदायका युवा तथा बुद्धिजीवी अगुवा अगाडि बढेको नेपाली कांग्रेसका स्थानीय युवा नेता अनिल पाठक बताउँछन् । वर्षौंदेखि यहाँका मुस्लिम हिन्दूको पर्वमा र हिन्दूहरु मुस्लिमको चाडपर्व एकसाथ मनाउँदै आएको उनको भनाइ छ ।

होलीको अवसर पारेर जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आ(आफ्नो गाउँ फर्किएको वडा नं ७ का वडाध्यक्ष रामछविला यादव बताउँछन् ।

जोगिराको धुनले अहिले रातभरि गाउँलेलाई नसुत्ने बनाएको उनको भनाइ छ । मिथिला क्षेत्रसहित सम्पूर्ण देशकै लागि खुसी र उमङ्गको पर्व होलीलाई निम्ता दिँदै युवा, वयस्क तथा वृद्धसमेतको छुट्टाछुट्टै टोलीले जोगिरा गाएर पूरै वडालाई नै सङ्गीतमय बनाएको स्थानीय जीतेन्द्र शर्माले बताए ।

स्थानीय शिवचन्द्र कापरका अनुसार यस वडामा अहिले कतिबेला साँझ पर्ने र कतिबेला होलैया आएर जोगिरा सुरु गर्ने प्रतिक्षामा घरघरमा महिला, पुरुष तथा बालबालिका र वृद्धवृद्धासमेत बसिरहेका हुन्छन् भने जोगिरा सुरु हुने बित्तिकै प्रत्येक घरघरबाट निस्केर सबैजना होली गीत सुन्नका लागि चोकसम्म पुग्ने गर्दछन् ।

देश, विदेशमा बस्दै आएका सम्पूर्ण मिथिलाञ्चलवासीलाई मन पर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका(७ बनौली गाउँमा पनि निकै धुमधामका साथ गाइने तथा सुन्ने गरिएको स्थानीय सञ्चारकर्मी एवं होलैया रहनुभएका स्थानीय सञ्चारकर्मी ४० वर्षीय नवीन प्रियदर्शी बताउँछन् । सो गाउँमा पनि परम्पराकालदेखि जोगिरा गाउने प्रचलन रहेको र जोगिरा गाउनका लागि कुनै पनि उमेर समूहले बाधा नपारेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया