कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता शाहीको बिहानैदेखि खोजी
१३ चैत २०८०, मङ्गलवार
0
प्रतिक्रिया
विराटनगर , १३ चैत्र । कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका लोकेन्द्रबहादुर शाहीको आज बिहानैदेखि खोजी शुरु भएको छ ।
होली खेलेर आएका १७ जना युवाले हिजो कैलालीको चिसापानी कर्णाली पुलबाट एकपछि अर्काे गर्दै हाम फालेका थिए । तीमध्ये ३० वर्षका शाही बेपत्ता भएका छन् ।
हिजो बेलुका अबेरसम्म खोजी गरिएको तर नभेटिएपछि रोकिएको खोजी कार्य आज बिहानैदेखि शुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरी प्रमुख एसपी पदम विष्टका अनुसार खोजीका लागि हिजो डुङ्गा र गोताखोर प्रयोग गरिएको थियो ।युवाहरूले सामुहिक रुपमा हाम फालेको सामाजिक सञ्जालमा आएको भिडियोमा देखिन्छ ।