विराटनगर ,१३ चैत्र ।असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको बालीमा क्षति पुगेको छ। आज बिहान परेको असिनापानी र हुरी बतासले महोत्तरीको दक्षिण पश्चिमी भेगमा गहुँ, जौ, अरहर ९रहरी० र वैशाखी तरकारी बालीमा नोक्सान गरेको हो।
जिल्लाका भारतीय सीमावर्ती सोनमा, सम्सी, मनराशिवा, गौशाला, औरही, रामगोपालपुर र बलवासहितका स्थानीयतहका बस्तीमा हुरीबताससँगै असिनापानी परेको थियो।
दुईरचार दिनभित्रै काट्ने तयारीमा रहेको गहुँबाली असिनाले चुटेर खेतमै लडाएको रामगोपालपुर–३ का मोहम्मद कादिर हुसैनले बताए।
असिनापानीले गहुँबालीमा सबैभन्दा बढी क्षति पुगेको छ। यसैगरी जौ, मुसुरो, चना र रहरी असिनाले चुटेर झारेको किसानको भनाइ छ। फर्सी, लौका र घिरौँलाजस्ता लहरे तरकारीमा क्षति पुगेको सोनमा गाउँपालिकाको खैरवनीका रामप्रताप यादवले बताए।
असिनापानी र हुरी बतासले भङ्गाहा र एकडाराको पश्चिमतर्फको भेगमा पनि क्षति पुर्याएको छ। महोत्तरीमा पाँच दिनयता पानी परिरहेको छ। लामो समयपछि पानी पर्दा बालीनालीलाई राहत मिलेको भए पनि असिनापानी र हुरी बतासले किसानलाई ठूलो क्षति पुर्याएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?