.

देशका केही स्थानमा भारी वर्षा मापन ,मोरङको लेटाङमा ५८ मिलिमिटर वर्षा


विराटनगर , ३० बैशाख । गए रातियता देशका केही स्थानमा भारी वर्षा मापन गरिएको छ । थोरै स्थानमा धेरै भारी वर्षा समेत मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टा (दिउँसो १२ः५० बजे दिएको जानकारी)मा सप्तरी र बारामा धेरै भारी वर्षा मापन गरिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
यो अवधिमा मोरङ, सुर्खेत, ओखलढुंगालगायत स्थानमा भारी वर्षा मापन गरिएको उनले जानकारी दिए । उनका अनुसार, मोरङको लेटाङमा ५८ मिलिमिटर, सुर्खेतमा पनि ५८, ओखलढुंगामा ६६, नवलपुरमा ९६, तिलोत्तमामा ५५, पाल्पामा ८७ मिलिमिटर वर्षा मापन गरिएको छ । यी स्थानमा भारी वर्षा भएको हो ।
अहिले विराटनगर सहित केही स्थानमा हल्का वर्षा भइरहेको छ । दाङ, कास्कीसहित देशका अरू केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिए । आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । भोलि र पर्सि (सोमबार र मंगलबार) पनि वर्षाको सम्भावना रहेको उनले बताए ।
सोमबार र मंगलबार आजको तुलनामा वर्षाको मात्रा कम र क्षेत्र पनि घट्ने उनको भनाइ छ । 
हाल देशको मौसममा स्थानीय र पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव परेको उनले जानकारी दिए । यही कारण गएको आइतबारयता देशका धेरै स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया