.

कोशी प्रदेश सभाको बैठक सुरु, कांग्रेसद्धारा बैठक बहिष्कार

विराटनगर , ३१ वैशाख। कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेकोले बैठक सुरु भएको हो ।मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा कांग्रेस भने अनुपस्थित भएको छ । यतिबेला कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । नेपाली कांग्रेसका सांसद भीम पराजुलीले आजको बैठक बहिष्कार गरिने बताए । सभामुखले कांग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् । नेपाली कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको सोमबारको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।
नेपाली कांग्रेसका सांसद भीम पराजुलीले आजको बैठक बहिष्कार गरिएको बताए ।

सभामुखले कांग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया