.

भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

विराटनगर ,२ जेष्ठ ।नेपालबाट मजदुरीका लागि भारतको कश्मीर र्पुयाएर बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ ।सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु र्पुयाएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग र्पुयाइयो।
त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए। उनीहरुलाई कुटपिट गर्ने अमानवीय व्यवहार गर्ने र तीन महिनादेखि पारिश्रमिक समेत दिएका थिएनन्। ।सामाजिक कार्यमा संलग्न सर्लाहीका सरोज रायसमक्ष यो सूचना पुगेपछि उनले उद्धारको पहल गरेका थिए। दिल्लीस्थित नेपाली दूतावास र किन इन्डिया संस्थाको समन्वयमा कश्मीरबाट मजदुरहरूको उद्धार गरी दिल्ली ल्याइएको रायले बताएका छन्।
उद्धार गरिएकामा महोत्तरीका २३ जना रहेका छन्। भने ६ जना नाबालिग रहेको रायले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया