आज देशका धेरैजसो ठाउँमा मौसम बदली छ । अहिले कोशी र बाग्मती प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै तराईका केही ठाउँमा हुस्सु लागेको छ । अहिले उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो देशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । अरू बाँकी ठाउँमा आंशिक बादल लाग्ने सम्भावना छ । दिउँसोपछि काठमाण्डौ उपत्यकाको कतैकतै छिटपुट पानी पर्ने सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले बताउनुभयो ।
कोशी, बागमती र गण्डकीको पहाडी र हिमाली भागका थोरै ठाउँ, त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको ।
त्यस्तै आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । भोलि र पर्सि पनि कतै–कतै हल्का वर्षाको सम्भावना छ ।