.

भारतले अफगानिस्तानसँग टेस्ट र एकदिवसीय शृङ्खला खेल्ने

 भारतले अफगानिस्तानसँग एक टेस्ट र तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ लगत्तै आउँदो जुनमा भारतले घरेलु मैदानमा अफगानिस्तानसँग टेस्ट र एकदिवसीय शृङ्खला खेल्ने भएको हो ।


शृङ्खलाको एक मात्र टेस्ट जुन ६ देखि नयाँ चण्डीगढमा शुरू हुनेछ । त्यसपछि एकदिवसीय शृङ्खलाको पहिलो खेल जुन १४ मा धर्मशालामा, दोस्रो खेल जुन १७ मा लखनउमा र तेस्रो खेल जुन २० मा चेन्नईमा आयोजना हुनेछ ।


भारत र अफगानिस्तानले दोस्रो पटक टेस्ट खेल्न लागेको हुन् । यसअघि सन् २०१८ मा बेङ्गलुरुमा भएको पहिलो टेस्टमा भारतले अफगानिस्तानलाई एक पारी र २ सय ६२ रनले हराएको थियो ।


यद्दपि आउँदो जुनमा हुने टेस्ट अहिले चलिरहेको विश्व टेस्ट च्याम्पियनशिप ९२०२५–२७० को चक्रमा पर्ने छैन ।


यस्तै भारत र अफगानिस्तानबीच यो पहिलो द्विपक्षीय एकदिवसीय शृङ्खला हुनेछ । यसअघि यी दुई टोलीबीच एकदिवसीय ढाँचामा एशिया कप र विश्वकप जस्ता बहुराष्ट्रिय प्रतियोगितामा मात्र प्रतिस्पर्धा भएको छ ।


भारत र अफगानिस्तानबीच पछिल्लो पटक टी–२० विश्वकप २०२४ मा प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया