.

विश्वकप लिग २ : ओमनलाई नेपालले दियो २५७ रनको लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी सिरिजमा ओमानलाई नेपालले २५७ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन जोड्यो । आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दा नेपालको स्कोर २५० पार गरेको थियो । । उनले २४ बलमा ४३ रन जोडे ।

ओपनर आसिफ शेखले ९४ रनको सानदार पारी खेले। अर्जुन कुमालले ४८, दिपेन्द्र सिंह ऐरीले ३३, गुलशन झाले १७ रन बनाउँदा विनोद भण्डारी र करण केसी शून्य रनमा आउट भए । सन्दीप लामिछानेले १ रन जोडे । कप्तान रोहित पौडेल ९ रन जोडेर आउट हुँदा नन्दन यादवले २ रन जोडे ।

बलिङतर्फ ओमानका नदीम खानले तीन तथा शकिल अहमद र हशैन शाहले दुई–दुई विकेट लिए । यसअघिको खेलमा नेपाल ओमसँग १०२ रनले पराजित भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया