.

विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेले

विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन् । 

खाडी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग बराबरी खेल्यो । अमेरिकाको लस एन्जलसमा भएको खेलमा न्युजिल्यान्डले दुई पटक अग्रता बनाए पनि जोगाउन सकेन ।  इजिल जस्टले खेलको ७औ र ५५औँ मिनेटमा गोल गरे । 

इरानका लागि ३२औँ मिनेटमा रमनी रेजाइन र ६४औँ मिनेटमा मोहम्मद मोहेवीले गोल गरे । दुवै टोलीले अङ्क बाँडेका छन् । 

समूह ‘जी’ कै यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका छन् । इजिप्टले १९औँ मिनेटमा इमाम आशौरको गोलमार्फत अग्रता लिएको थियो । तर दोस्रो हाफको ६६औँ मिनेटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो । 

त्यस्तै आज बिहान भएको खेलमा उरुग्वे र साउदी अरब तथा गए राति भएको खेलमा स्पेन र केप भर्डेले पनि बराबरी खेल्दै अङ्क बाँडेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया