.

मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ७ सय रिङ्गेट तोक्यो

मलेसिया सरकारले देशका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाएर एक हजार सात सय रिङ्गेट पु¥याएको छ । 


मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले हिजो संसद्मा पेश गर्नुभएको आउँदो आर्थिक वर्षको बजेटमा श्रमिकको न्यूनतम तलब एक हजार पाँच सयबाट बढाएर एक हजार सात सय रिङ्गेट पु¥याउने घोषणा गर्नुभएको मलेसियाको सञ्चारमाध्यम मलायमेलले जनाएको छ । बढेको पारिश्रमिक आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इब्राहिमले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया