.

इजरायलले सिरियाका १५ वटा नौसैनिक जहाज माथि आक्रमण ग¥यो

इजरायलले सिरियाको नौसैनिक जहाज माथि आक्रमण गरेको छ । इजरायलले गएराति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाज माथि आक्रमण गरेको इजरायली सेनाले बताएका छन् । 


उनीहरुका अनुसार सिरियाली सैन्य तागतलाई कमजोर बनाउन आक्रमण गरिएको हो । आक्रमणका कारण जहाज र बन्दरगाहका केही भागहरूमा ठूलो क्षति भएको बीबीसीले जनाएको छ । 

राष्ट्रपति बशर अल–असद अपदस्थ भएपछि इजरायलले सिरियामा तीन सय १० भन्दा धेरै ठाउँमा आक्रमण गरिसकेको इजरायली सेनाको दाबी छ । 


इजरायली रक्षा मन्त्री इस्राइल कात्जले असदको सत्ता गएको मौका पारेर सिरियालाई कमजोर बनाउन आक्रमण गरिएको बताउनुभएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
QmOOZvOwFGciEuA

expbBJyywJZ

QmOOZvOwFGciEuA

expbBJyywJZ

GaalqxuSbHnODEc

LWQMANisTEsFv

GaalqxuSbHnODEc

LWQMANisTEsFv