.

इरानमा मारिएका विद्यार्थी र कर्मचारीको अन्तिम संस्कार

इरानको दक्षिणी भागमा रहेको एउटा विद्यालयमा अमेरिका तथा इजरायलले गरेको आक्रमणमा मारिएका विद्यार्थी र कर्मचारीको अन्तिम संस्कार गरिएको इरानी अधिकारीहरूले जनाएका छन् । इरानको मिनाब सहरको एउटा कन्या विद्यालयमा गएको शनिवार भएको आक्रमणमा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो ।


घटना अमेरिका र इजरायलले इरानी सैन्य अखडा र नेतृत्वलाई निसाना बनाएर व्यापक हमला गर्ने क्रममा भएको थियो । विद्यालय इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) को एउटा शिविरनजिकै थियो । अमेरिकी सेनाले यो घटनाबारे आएका विवरणको अध्ययन गरिरहेको जनाएको छ । 


इजरायली सेनाले भने त्यस क्षेत्रमा कुनै कारबाही भएको बारेमा आफूलाई थाहा नभएको जनाएको छ । विद्यालयमा शनिवार बिहान तीनवटा क्षेप्यास्त्र प्रहार भएको इरानी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


अमेरिकाको ह्यूमन राइट्स एक्टिभिस्टस् न्यूज एजेन्सी (एचआरएएनए) ले इरानमा युद्ध शुरु भएयता झण्डै ११ सय सर्वसाधारणको ज्यान गएको उल्लेख गरेको छ । ती मध्ये १ सय ८१ जना १० वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन् । एक सय बालबालिकासहित घाइते हुने सर्वसाधारणको सङ्ख्या ५ हजार ४ सय २ पुगेको एचआरएएनएले जनाएको छ ।


यसैबिच फ्रान्सले संयुक्त अरब इमिरेट्स युएईमा रहेका आफ्ना सैन्य अड्डाहरूको सुरक्षाका लागि राफाल फाइटर जेटहरू परिचालन गरेको छ।बिएफएम टिभीसँग कुरा गर्दै फ्रान्सेली विदेशमन्त्री जीन–नोएल बारोटले मंगलबार यस्तो जानकारी दिएका हुन्।


उनका अनुसार यी लडाकु विमानहरूले यूएईमा रहेका फ्रान्सेली आधार शिविरहरूमा ुहवाई क्षेत्र सुरक्षा अपरेशनु सञ्चालन गरेका छन्। यद्यपि, ती विमानहरूले कुनै ड्रोन वा मिसाइल खसाल्ने कार्यमा संलग्न भए या भएनन् भन्नेबारे मन्त्रीले विस्तृत जानकारी दिएनन्।


इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणको फ्रान्सले कडा आलोचना गर्दै आएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले यो अपरेसन ुअन्तर्राष्ट्रिय कानुनको परिधि बाहिरु रहेको र यसलाई फ्रान्सले अनुमोदन गर्न नसक्ने बताए।


मध्यपूर्वमा बढ्दै गएको तनाव र फैलिँदो द्वन्द्वका बीच फ्रान्सले भूमध्यसागरमा आफ्नो आणविक शक्तिबाट चल्ने विमानवाहक जहाज ुचाल्र्स डी गलु  र सहयोगी युद्धपोतहरू समेत तैनाथ गरेर आफ्नो सैन्य उपस्थिति बलियो बनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया