.

भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालमा पनि महसुस

भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालमा पनि महसुस भएको छ। आइतबार राति ११ः२१ बजे पुनाखाबाट ५ किलोमिटरको दूरीलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

छिमेकी देशहरूमा पनि धक्का भूकम्पको धक्का महसुस भएको छ । भुटानसहित नेपाल, भारत, बंगलादेश र चीनमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

नेपालमा विशेष गरी कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको छ। रातिको समयमा भूकम्प गएका कारण स्थानीय बासिन्दाहरूमा केही समय त्रास फैलिएको थियो। हालसम्म कुनै ठुलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया