विराटनगर, १ साउन ।भारतको बिहारको अररिया जिल्लामा हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहान घरभित्र पसेर अज्ञात मानिसहरूले गोली हानी हत्या गरेका छन् ।गोली लागेर पत्रकारको घटनास्थलमै मृत्यु भएको थियो । सन् २०१९ मा विमलका भाइको पनि अपराधीले हत्या गरेका थिए ।उक्त मुद्दामा विमल एक मात्र साक्षी थिए र प्राप्त जानकारी अनुसार उनलाई बयान परिवर्तन गर्न लगातार दबाब दिइँदै आएको थियो ।
अररिया एसपी अशोक कुमार सिंहले समाचार एजेन्सी पीटीआईलाई भने, ुचार अपराधी विमल कुमार यादवको घर बाहिर आए। चिच्याएर बोलाए । बाहिर निस्कँदा अपराधीहरूले गोली हानेर भागे। उनको घटनास्थलमै मृत्यु भयो । उनको शव पोष्टमार्टमका लागि पठाइएको छ । अपराधीलाई पक्रने प्रयास भइरहेको छ ।