.

पूर्वी नाकाबाट २४ अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा काँकडभिट्टा नाका भई पेट्रोल, डिजेल र एलपीजी ग्यास गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार १२ अर्ब १८ करोड सात लाख ६४ हजार रुपैयाँको पेट्रोल आयात भएको छ। त्यसैगरी नौ अर्ब ५५ करोड ४९ लाख सात हजार रुपैयाँको डिजेल र दुई अर्ब ७७ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार रुपैयाँको पेट्रोल र सात अर्ब तीन करोड ३२ लाख १९ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो। भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार गत आवमा आयातित पेट्रोलबाट पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया