.

मोरङमा एक टनभन्दा बढी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ प्रहरीले एक टनभन्दा बढी गाँजासहित मिनिट्रक चालकलाई पक्राउ गरेको छ। रतुवामाई नगरपालिका–१० सोमबारेमा गरिएको सवारी जाँचका क्रममा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले शनिबार उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक रोकेर जाँच गर्दा ट्रकमा लुकाइराखिएको एक हजार ३३ किलो ४८४ ग्राम गाँजा फेला पारेको थियो।

घटनामा संलग्न रहेको आरोपमा धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गाँजा र मिनिट्रकसहित पक्राउ परेका तामाङमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया