.

डेङ्गीविरुद्धको खोप विकास गरेको भारतीय कम्पनीको दाबी

विराटनगर , चैत ६ । भारतको एक सरकारी संस्थाले डेङ्गीविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । हैदराबादको इन्डियन इम्युनोलोजिकल लिमिटेड आईआईएलले डेङ्गीविरुद्धको खोप विकास गरेको दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

आईआईएलका प्रबन्ध निर्देशक डाक्टर आनन्द कुमारले सबै परीक्षण पूरा गरेर लगभग दुई वर्षपछि खोप दिन शुरु गर्ने दाबी गर्नुभएको छ । डाक्टर कुमारले खोपको पहिलो चरण पूरा भएको र दोस्रो र तेस्रो चरणको परीक्षण चाँडै शुरु हुने बताउनुभएको खबरमा उल्लेख छ । आईआईएलले डेङ्गीबाहेक अहिले जिका भाइरस र क्यासानुर फरेस्ट रोग ९केएफडी० विरुद्धका खोप पनि विकास गरिरहेको छ ।

भारतीय इम्युनोलोजिकल लिमिटेड आईआईएल केन्द्रीय मत्स्यपालन, पशुपालन र दुग्ध उत्पादन मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्ड एनडीडीबी को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

एक रिपोर्टका अनुसार विश्वमा हरेक वर्ष १० करोड जनामा डेङ्गी सङ्क्रमण पुष्टि हुने गरेको छ । भारतमा मात्रै बर्सेनि साढे तीन करोड जनामा सङ्क्रमण देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया