.

चार वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षिका पक्राउ

अंक र अक्षर लेख्न नसकेको निहुँमा चार वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फिदिम नगरपालिका–१४ स्थित न्यु लुङरुपा बोर्डिङ एकेडेमीमा कार्यरत शिक्षिका सुमित्रा सेन्दाङलाई शनिबार पक्राउ गरिएको पाँचथर प्रहरी प्रमुख डीएसपी अनिषकुमार कर्णले जानकारी दिए ।

वैशाख ३० गते बुधबार एलकेजीमा अध्ययनरत छात्र सेसेफुङ नेम्वाङलाई शिक्षिका सेन्दाङले लेख्न नजानेको भन्दै कुटपिटबाट बालकको ढाडभरि नीलडाम र चोट रहेको छ ।

शिक्षिका सेन्दाङविरुद्ध पीडित बालककी आमाले जाहेरी दर्ता गराएपछि पक्राउ गरेर शिक्षिका उपर ‘बालबालिकासम्बन्धी कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको डीएसपी कर्णले बताए । उनका अनुसार हिजो आइतबार पाँचथर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।

घटनापछि बालकलाई उपचारका लागि फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पताल भर्ना गरिएको थियो । उपचारपछि अवस्था सामान्य भएपछि हिजो आइतबार अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको छ । घटनाका जानकारी प्राप्त हुन साथ प्रहरीले टोली बालकलाई हेर्दा ढाडमा नीलडाम देखिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया