.

धवलशमशेर पक्राउ परेको पत्र संसद् सचिवालयमा, राज्यविरुद्ध अपराधको मुद्दा

विाराटनगर । राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री एवम् प्रतिनिधिसभाका सदस्य धवलशमशेर जबरा पक्राउ परेको पत्र काठमाडौं प्रहरी परिसरबाट संसद् सचिवालयमा पुगेको छ ।


शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा मच्चाइएको विध्वंस र तोडफोडलाई लिएर सांसद जबरा निवासबाटै पक्राउ परेका थिए। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जबरा पक्राउ परेको पत्र प्रहरीबाट आएको जानकारी दिनुभयो ।  पाण्डेयका अनुसार  धवलशम्शेरलाई राज्यविरुद्धको अपराध सम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 



उनी राजसंस्था पुनःस्थापना आन्दोलनका मुख्य सदस्यमध्ये एक हुन । उनीसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि पक्राउ परेका छन् ।


शनिबार जबरा र मिश्रलाई भेट्न राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पुग्न भएको थियो । यसैबीच राप्रपाले पक्राउ नेताहरूलाई रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
RCkEdhMoOZNZ

dSlkvFUgKIUB

RCkEdhMoOZNZ

dSlkvFUgKIUB

hDtFWbbcGxfP

kFqmTtDWLajSuV

hDtFWbbcGxfP

kFqmTtDWLajSuV

ZpJXIxYUMTROyvj

NwLIgSlwP

ZpJXIxYUMTROyvj

NwLIgSlwP