.

ताप्लेजुङमा फागुन यता डढेलोका कारणले १६ वटा घर जलेर नष्ट

विराटनगर , १२ चैत्र ।ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ वटा घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट चार वटा घर जलेर नष्ट भएका छन् ।
वनमा लागेको डढेलोका कारण चैतको पहिलो हप्ता मात्रै ११ वटा घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ । अन्य कारणबाट चैतमा एउटा घर जलेको छ । फागुनमा डढेलोले एक र विद्युत सर्ट भएर सल्केको आगोले तीन वटा घर नष्ट भएका छन् ।
प्रहरीका अनुसार घरसँगै नजिक रहेका पशुचौपायाका गोठ तथा ग्वालीसमेत जलेका छन् भने केही पशुचौपाया पनि जलेका छन् । ताप्लेजुङमा फागुनदेखि चैतको पहिलो हप्तासम्ममा झण्डै आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया