.

विजयी भएका सुहाङलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष ओली इलाममा

विराटनगर ,१८ बैशाख । इलाम(२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन्।

उपनिर्वाचनमा विजयी भएका सुहाङलाई बधाई दिन मंगलबार ओली इलाम पुगेका हुन्। आजै ओलीले विजयी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

जितको खुसी साट्न इलाम पुगेका ओलीले सुहाङलाई खादा माला लगाएर अङ्कमाल गरे। सुहाङले भने ढोगेर आशीर्वाद मागेका छन्।

वैशाख १५ गते भएको निर्वाचनमा सुहाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० मतले पछि पार्दै विजयी हासिल गरेका थिए। सुहाङले २७ हजार ७७२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्का २१ हजार ९४२ मत प्राप्त गरेका थिए। 






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया