.

पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना

विराटनगर । खराको बिरौटामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा भएको छ ।

पोखरा महानगरपालिका– १७ बिरौटामा रहेको एलपी मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रारम्भिक जानकारीअनुसार मट्टिखानबाट विद्यार्थी लिएर स्कूलतर्फ जाँदै गरेको बसमा २२ विद्यार्थी, चालक र एक सहयोगी रहेको बताइएको छ ।

बस करिब ६० मिटर तल सडकमा खसेको थियो । थप जानकारी आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया