विराटनगर । झापाको दमकमा बनेको भ्यू टावर सञ्चालनको जिम्मेवारी सिंहदरबारस्थित शहरी विकास मन्त्रालयका सचिवले सम्हाल्ने भएका छन् । स्थानीय तहका प्रमुखलाई भने बैठकमा ‘पर्यवेक्षक’ मात्र बनाइने भएको छ।
दमक भ्यू टावरभन्दा १६ मिटर होचो काठमाडौंको धरहरा सञ्चालनको मोडेल पनि ठ्याक्कै यही नै हो । धरहराको सञ्चालनको नेतृत्व शहरी विकास मन्त्रालयका सचिवले गर्नेछन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह सिंहदरबारमा हुने बैठकमा उपस्थितसम्म हुन पाउने छन् ।
दमक भ्यू टावर सञ्चालनका लागि बन्ने समितिको अध्यक्षमा सहरी विकास मन्त्रालयका सचिव रहने छन् । त्यस्तै गरी सदस्यहरुमा अर्थ, गृह र पर्यटन मन्त्रालयका सहसचिवहरु रहनेछन् ।
त्यसैगरी आवास भवन तथा योजना महाशाखाका सहसचिव पनि सदस्य रहनेछन् । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पनि दमक भ्यू टावर सञ्चालन गर्ने समितिको सदस्य रहनेछन् ।
RaanGbElhiRUme
dIBsRZAcKfEgRk
RaanGbElhiRUme
dIBsRZAcKfEgRk