विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज बिहान पालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।
अज्ञात समूहले उपमहानगरको कार्यालय अगाडिको घुम्ती पसल स्थित कालो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु राखेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीलाई गरिएको खबरमा उपमहानगरसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो ।
भोटेपुलमा शंकास्पद बस्तु फेला परेन भने बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो ।
आफूलाई राजावादी बताउने समूहले तीन स्थानमा बम राखेको भन्दै प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले एक स्थानमा मात्रै कुकरलाई तारले बेरेको अवस्थामा फेला पारेको थियो । शंकास्पद बस्तु राख्ने र प्रहरीलाई खबर गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
UBrSVQWGkKE
yKnXgYMxhk
UBrSVQWGkKE
yKnXgYMxhk