.

लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पनि ठगीमा तानिए

विराटनगर ।  संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पनि ठगी प्रकरणमा मुछिएका छन् । 


पोखरेलकी पत्नी अञ्जना कोइराला मोरङको उमागौरी सहकारीको रकम अपचलनको आरोपमा फरार रहेकै बेला पोखरेलका स्वकीय सचिवसमेत अर्को ठगी प्रकरणमा जोडिएका हुन् ।


पोखरेलका स्वकीय सचिव मोरङको रंगेली नगरपालिका–२ का वासिन्दा हुन् । उनी एमाले मोरङ जिल्ला कमिटी सदस्य पनि हुन् । ४३ वर्षीय अनिल पोखरेलले ३८ लाख ३० हजार रुपैयाँ ठगेको आरोप लागेको छ । यस विषयमा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । 

 

समिति सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निस्कासन गरेको बताउनु भएको छ ।  उनीमाथि लागेको आरोपमा अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको बताउनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
zJHVHeFIREMWJh

hSMvanDJnJT

zJHVHeFIREMWJh

hSMvanDJnJT

qKvUMrGkL

GLRqIrAsADMIiu

qKvUMrGkL

GLRqIrAsADMIiu

bgdNQbybw

sZyhDcKRMpDHFRU

bgdNQbybw

sZyhDcKRMpDHFRU