विराटनगर । सहकारीको रकम अपचलन आरोपमा फरार रहेकी प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला मोरङ अदालतमा हाजिर भएकी छन् ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालिन संचालक समिति सदस्य रहेकी कोइराला मंसिर २८ गतेदेखि फरार थिइन् । उनीसहित सहकारीका २६ जना विरुद्ध २७ मंसिरमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।
बुधबार बिहान अदालतमा उपस्थित भएकी हुन् । उनी उपस्थित भएपछि न्याायधीश उद्धवप्रसाद भट्टराईको इजलासमा थुनछेक बहस सुरु भएको मोरङ अदालतका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए ।
सहकारीका अध्यक्ष शम्भु रौनियार फरार छन् । सोही सहकारीको मुद्दा परेका रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास भने ५ लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।
सहकारीका पूर्व सञ्चालक रोशन राजवंशी भने थुनामा छन् ।
yWDMPleeRLfwIu
YTfZrJOHo
yWDMPleeRLfwIu
YTfZrJOHo