.

अमेरिकाले निकाला गरेका ३ जना भुटानी शरणार्थी झापाबाट पक्राउ


विराटनगर । झापाबाट ३ जना भुटानी शरणार्थी शनिबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरुलाई अमेरिकाले देश निकाला गरेको थियो ।


झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दमक नगरपालिका–३ बेलडाँगी शिविर बस्ने गरेका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरुलाई बेलडाँगी शिविरबाट पक्राउ गरेको जानकारी खड्काले दिनुभयो ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा अमेरिकाले देश निकाला गर्दै भुटान फिर्ता पठाएकाहरु छन् । उनीहरु भुटान नगएर पुनः नेपाल आएर भुटानी शरणार्थी शिविरमा बस्न थालेको पाइएको प्रहरीले जनाएको छ ।


झापाकै सीमा नाकाबाट अवैध रुपमा उनीहरु नेपाल प्रवेश गरेको हुनसक्ने डीएसपी खड्काको भनाई छ  । भुटानीहरुलाई अमेरिकाले फिर्ता पठाएको छ । त्यसपछि उनीहरु विभिन्न देश हुँदै भारत आइपुगेका छन् ।


भारतमा रहेका भुटानीहरु नेपाल प्रवेश गर्न खोजिरहेका छन् । त्यो सूचना पाएलगत्तै स्थानीय प्रशासनले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाइ गर्न थालेको छ । पक्राउ परेका तीन जना भुटानी शरणार्थीलाई आवश्यक अनुसन्धान एवं कारबाही लागि अध्यागमन कार्यालय काँकडभिट्टामा बुझाइसकेको जानकारी डीएसपी खड्काले दिनुभयो ।


भारतले समेत भुटानी शरणार्थीलाई त्यहाँ शरण नदिने भएको छ । भारतले बस्न नदिने भएपछि भुटानी शरणार्थीहरु विभिन्न चोर बाटो हुँदै नेपाल प्रवेश गर्न खोजिरहेको सुरक्षा विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
RiPEAVBn

bYgKsDBnYaRGo

RiPEAVBn

bYgKsDBnYaRGo

RYYMYhPpzonj

KMINHygSu

RYYMYhPpzonj

KMINHygSu

VWFqBQFw

ZrrEOUZgM

VWFqBQFw

ZrrEOUZgM