.

झापामा नालीभित्र भेटियो मोटरसाइकल, चालक मृत फेला

झापामा एउटा मोटरसाइकल नालीभित्र भेटिएको छ । घटनास्थलमा चालक मृत फेला परेका छन् ।

घटना दमक नगरपालिका–७ लालीगुराँस टोलको हो ।

हनुमान मन्दिरबाट रतुवा पुलतर्फ जाँदै गरेजस्तो देखिने बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल पूर्वतर्फ पानी भएको ढलको नालीभित्र दुर्घटना भएको अवस्थामा बुधबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राई मृत फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भनेर यकिन छैन । इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्साल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया