.

मन्त्री कुलमान घिसिङलाई पाँचथरमा यातायात कार्यालय स्थापना गर्न ’द काउन्सिल अफ जेन जी’ को ध्यानाकर्षण

 

विराटनगर ।  द काउन्सिल अफ जेन जी  प्रदेश १ का संयोजक उपार्जुन चाम्लिङको नेतृत्वमा युवाहरुले आज (बुधबार) पाँचथरमा यातायात कार्यालय स्थापनाको लागि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।


प्रदेश संयोजक चाम्लिङ सहित तेह्रथुमकी जिल्ला संयोजक बिनिता लिम्बू र अन्य जिल्लाका संयोजकहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई पत्र‌ बुझाउँदै ध्यानाकर्षण गराएका हुन । 


पाँचथरमा यातायात कार्यालय स्थापना भएमा पाँचथर सहित ताप्लेजुङ तेह्रथुम र इलामका नागरिकले सहज सेवा सुविधा पाउने र  यातायात पास नवीकरण नामसारी र लाइसेन्स प्राप्ति जस्ता काम का लागि हप्तौंसम्म होटलमा बस्नुपर्ने झन्झट हट्ने  द काउन्सिल अफ जेन्जी पाँचथरका संयोजक कुशल जबेगुले जानकारी दिनुभयो। 


अघिल्ला चुनावहरूमा जनप्रतिनिधिहरूले पाँचथर जिल्लामै यातायात कार्यालय स्थापना गर्ने भनेर आश्वासन दिए पनि चुनावपछि उनीहरूले उक्त आश्वासनको बेवास्ता गरेको मन्त्रीलाई बुझाइएको पत्रमा उल्लेख गरिएको छ। 



पाँचथरमै स्थापना हुनुपर्ने यातायात कार्यालय राजनीतिक पहुँचका आधारमा अन्य जिल्लामा स्थापना गरिएको प्रति जिल्लाका नागरिक समाज र जेन्जी समूहहरूले गुनासो गरेका छन्। 


मन्त्री घिसिङलाई बुझाइएको पत्रमा पाँचथर सहित ताप्लेजुङ, तेह्रथुम र इलामका जेन्जी संयोजकका साथै विभिन्न नागरिक समाजले पनि एक्यबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया