.

अस्पतालबाट किशोरीको शव हराएपछि गोलबजारमा तनाव, आफन्तद्वारा प्रदर्शन

सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाट हराएपछि आक्रोशित आफन्त र स्थानीयले मंगलबार गोलबजारमा प्रदर्शन गरेका छन्। पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको शव फेला नपरेपछि पीडित परिवार सडकमा उत्रिएका हुन्।

गत माघ १० गते आफ्नै घरमा मृत फेला परेकी निशालाई प्रहरीले प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि लहान पठाएको थियो। उनका बुबा–आमा रोजगारीको सिलसिलामा भारतमा रहेकाले सोमबार फर्केर शव लिन अस्पताल पुग्दा शव फेला परेन।

प्रशासनको लापरबाहीप्रति आक्रोश स्थानीय शिक्षक समर भण्डारीले पोष्टमार्टम समेत नभएको शव हराउनु अस्पताल र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको बताए। उनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। यसअघि सोमबार साँझ पनि आफन्तले सडक अवरुद्ध पारेका थिए। वडाध्यक्ष धनप्रसाद लामाले मंगलबार बिहान १० बजेभित्र शव उपलब्ध नगराए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए। अस्पताल जस्तो संवेदनशील ठाउँबाट शव हराएको घटनाले स्थानीय स्तरमा ठुलो आक्रोश र त्रास सिर्जना गरेको छ।.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया