.

संघीय सरकारकको निर्देशन अवज्ञा गर्दै पाख्रीबासमा भर्ना अभियान सुरु

धनकुटाको पाख्रीबास नगरपालिकाले संघीय सरकारले तोकेको समयतालिकाभन्दा अघि बढ्दै आजदेखि विद्यालय भर्ना अभियान सुरु गरेको छ।स्थानीय अवस्था र शैक्षिक कार्यतालिकालाई ध्यानमा राख्दै नगरपालिकाले आफ्नै छुट्टै समयतालिका लागू गरेको जनाएको छ।

बुधबार बसेको नगर शिक्षा समितिको बैठकले वैशाख ४ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र वैशाख १५ गतेबाट नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । निर्णयअनुसार नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई तत्काल भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ।

नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङका अनुसार संघीय सरकारले तोकेको समयअनुसार भर्ना र कक्षा सञ्चालन गर्दा वार्षिक पाठ्यभार पूरा गर्न कठिन हुने देखिएको छ। विशेषगरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने व्यवस्थाका कारण शैक्षिक कार्यदिन घट्ने भएकाले संघीय तालिका कार्यान्वयनमा समस्या हुने उनको भनाइ छ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभर एकरूपता कायम गर्न वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गरी वैशाख २१ गतेबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो। तर, पाख्रीबास नगरपालिकाले स्थानीय आवश्यकतालाई प्राथमिकता दिँदै समयभन्दा अघि नै भर्ना प्रक्रिया सुरु गरेको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया