.

आज साउनको पहिलो सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो

आज साउन महिनाको पहिलो सोमबार। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर तथा देशभरका शिव मन्दिरहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। 

आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास भएकाले विशेष गरी महिला भक्तजनको भीड लागेको छ। पहेलो, रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ।

विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ।

सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ। यस वर्ष साउनमा चार वटा सोमबार परेको छ। साउन ४, ११, १८ र २५ गते सोमबार परेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया