.

नेपाल र युएईबीच आज अण्डर लाइट्स टि–२० खेल हुँदै

नेपाल र यूएईबीच आज ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि खेल सुरु हुँदैछ । यो नेपालमा पहिलोपटक रातको समयमा हुन लागेको अन्तर्राष्ट्रिय खेल हो ।

यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाइएका छन् । टोलीका नयाँ कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएको चर्चा छ । कप्तान भने मुहम्मद वासीम नै रहेका छन् ।

नेपाल र यूएई हालसम्म टी–२०आईमा ११ पटक भिडेका छन् जहाँ नेपाल ६ अनि यूएई ५ पटक विजयी भएका छन् । कीर्तिपुरमा भने एकमात्र खेल भएको छ जुन् यूएईले जितेको थियो ।

नेपाल र यूएईबीच साढे दुई वर्षपछि कीर्तिपुरमा खेल हुन लागेको हो । पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा यहाँ भिडेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया