जारी एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ले ओमानलाई रनको २८५ रनको लक्ष्य दिएको छ।
शुक्रबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनायो।
नेपालका तीन ब्याटरले अर्धशतक प्रहार गरे। नेपालका लागि ईशन पान्डले सर्वाधिक ६९ रन बनाए। ७८ बलको सामना गरेका उनले ६ चौका हिर्काए।त्यस्तै, देव खनालले ९५ बलमा ६४ रन बनाएर आउट भए। ६४ रन बनाउने क्रममा उनले ५ चौका समेत प्रहार गरेका छन्।
कुशल मल्ल ३१ बलमा ५६ रन बनाउँदा कप्तान अनिलकुमार साह ७ रनमै पेभिलियन फर्किए।
यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल ओमानसँग ७० रनले पराजित भएको थियो।