.

लागूऔषध कारोबारी र गुण्डागर्दी विरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ

मोरङ जिल्लामा पछिल्लो समय बढ्दै गएको आपराधिक गतिविधि र लागूऔषध कारोबार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले चलाएको ‘स्वीप अप्रेसन’का क्रममा ७२ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी कार्यालयहरूले सञ्चालन गरेको  विशेष अभियानका क्रममा  ७२ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार वैशाख ९ गते बेलुका ६ः०० बजेदेखि सुरु भएको यो अभियान वैशाख ११ गते बिहान ६ः०० बजेसम्म सञ्चालन गरिएको थियो ।

पक्राउ पर्नेहरूमा लागू औषध बिक्री वितरण तथा सञ्चय गर्ने, समाजमा अशान्ति फैलाउने, टोलमा गुण्डागर्दी गर्ने र धम्की दिने व्यक्ति छन् । त्यस्तै, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रातको समयमा शंकास्पद रूपमा हिँडडुल गर्नेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार समाजमा अराजकता फैलाउने र शान्ति सुरक्षामा खलल पुर्याउने व्यक्तिहरूलाई नियन्त्रण गर्ने उद्देश्यले यो अभियान चलाइएको हो । पक्राउ परेका  ७२ जनामाथि आवश्यक अनुसन्धान भइरहेको र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया