पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पराजित गरेको छ।
मलेसियाको बायुमास मैदानमा बुधबार एशियाली महिला छनोटको तयारी स्वरुप भएको पहिलो अभ्यास खेलमा नेपाल मलेसियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको हो । ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा ६७ रन बनाउँदा अलआउट भएको थियो।
जवाफी ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरिन् । उनले ३९ बलको सामना गर्दै ३२ रन बनाउँदै नेपालको जित सुनिस्चित गरेकी छन् । रुबी पोदारले २२ बलको सामना गरेर १५ रन जोडिन् । ६८ रनको लक्ष्य नेपालले १७ ओभर तीन बलमा आठ विकेटको क्षतिमा ७१ रन बनाउँदै पूरा गरेको हो ।