फिफा विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनल खेलमा मंगलबार राति अर्जेन्टिना र इजिप्टकीच प्रतिस्पर्धा हुने भएको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति पौने १० बजेदेखि अर्जेन्टिना र इजिप्टकीच प्रतिस्पर्धा हुने भएको हो । राउण्ड अफ थर्टी टु को खेलमा अफ्रकी प्रतिद्धन्दी केप भर्डेलाई अतिरिक्त समयमा हराउँदै अर्जेन्टिना प्रिक्वार्टफाइनलमा पुगेको छ। इजिप्टले नकआउट चरणको पहिलो खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराएको थियो । साविक विजेता अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले जारी विश्वकपमा सात गोल गरिसकेका छन् ।
मंगलबारै राति स्विट्जरल्याण्ड र कोलम्बियाबीच पनि प्रतिस्पर्धा हुने भएको हो । खेल क्यानाडाको भ्यानकुभरमा रहेको बिसी प्लेसमा बुधबार बिहान पौने २ बजेदेखि शुरु हुने भएको छ । कोलम्बिया राउण्ड अफ थर्टी टु मा अल्जेरियालाई २–० ले पराजित गरेको थियो । त्यस्तै, कोलम्बियाले स्विट्जरल्याण्ड र घानालाई पनि १–० गोलले पराजित गर्दै कोलम्बिया प्रिक्वार्टरफाइनलमा पुगेका हुन् ।
यो खेलपछि विश्वकप फुटबलको सबै चार वटा क्वार्टरफाइनल खेलहरु तय हुने भएका छन् ।