मोरङको ग्रामथान गाउँपालिका–४ तेतरियामा जलिरेहको अवस्थामा मोटरसाइकल फेला परेको छ । आज बिहान तेतरिया मोतिपुर रोडमा पहिचान नखुलेको मोटरसाइकल जलिरहेको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
अहिले मोतीपुर प्रहरीले मोटरसाइकल धनीको खोजी गरिरहेको छ । त्यस क्रममा मोटरसाइकल धनी बुढीगंगा ६ का दिनेशकुमार चौधरी रहेको खुलेको छ । प्रहरी चौकी मोतीपुरका अनुसार चौधरीका छोरा २० गते नै उक्त बाइक लिएर हिँडेको खुलेको छ । तर, बाइक लिएर हिँडेका उमेशका छोरासँग भने सम्पर्क भइसकेको छैन ।