.

भेनेजुएला भूकम्पमा मृतकको संख्या साढे तीन हजार पुग्यो, १६ हजार घाइते

भेनेजुएलामा जुन २४ मा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या तीन हजार ५३५ पुगेको छ । यो प्राकृतिक विपत्तिमा हालसम्म १६ हजार ७४० जना घाइते भएको भेनेजुएलाको नेसनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले जनाएका छन् ।

अध्यक्ष रोड्रिगेजले टेलिग्राममार्फत जानकारी दिँदै भूकम्पका कारण १७ हजार ८५४ जना घरबारविहीन भएका र ६ हजार ४६२ जनाको सकुशल उद्धार गरिएको बताएका छन् ।

सिह्न्वा समाचार एजेन्सीका अनुसार विपत्तिबाट विस्थापित भएका १७ हजार ३४५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।  हालसम्म ८६ हजार ७९४ परिवारले राहत सहायता प्राप्त गरिसकेका छन् ।

गत जुन २४ मा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा ठूला भूकम्प गएयता भेनेजुएलामा ९९५ पटक पराकम्पनहरू दर्ता भइसकेका छन् । अधिकारीहरूले विस्थापित नागरिकहरूको बसोबासका लागि ८० वटा अस्थायी शिविरहरू स्थापना गरेका छन् । 

शनिबारसम्मको तथ्यांकअनुसार भूकम्प प्रभावित क्षेत्रमा २९ हजार ५६७ जना उद्धारकर्मीहरू परिचालन गरिएका छन्, जसमा तीन हजार २८१ जना विदेशी उद्धार टोलीका सदस्यहरू सामेल छन् ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार भूकम्पमा ज्यान गुमाएका पीडितहरूको सम्मानमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेकी छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया