फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आज युरोपका दुई टोली स्पेन र बेल्जियमबीच खेल हुँदैछ । अमेरिकाको क्यालिफोर्नियामा रहेको सोफी स्टेडियममा नेपाली समयअनुसार राति पौने १ बजे खेल शुरु हुनेछ ।
अहिलेसम्म अपराजित रहेको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा छ । बेल्जियम स्पेनलाई हराउँदै सेमिफाइनल पुग्ने योजनामा छ । स्पेन यस विश्वकपमा हालसम्म अपराजित रहँदै एक गोल पनि नखाएको टोली हो ।
सन् २०२४ को युरोपियन च्याम्पियनसमेत रहेको स्पेनको बलियो रक्षापंक्तिले प्रतियोगिताभर विपक्षीलाई प्रभावकारी रूपमा रोक्दै आएको छ । बेल्जियम पनि उत्कृष्ट लयमा छ । अमेरिकालाई अन्तिम १६ को खेलमा ४–१ ले पराजित गर्दै क्वार्टरफाइनल पुगेको बेल्जियमले लगातार १८ खेलमा हार बेहोरेको छैन ।
आजको खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसैले दुवै टोलीका लागि आजको खेल विश्वकप उपाधि यात्राका लागि महत्वपूर्ण छ ।
पहिलो क्वाटरफाईनल खेलमा आज विहान साविक उपविजेता फ्रान्स फिफा सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।