.

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल हुँदैछ । खेल अमेरिकाको एटलान्टा रङ्गशालामा हुनेछ । 

अर्जेन्टिना र इंग्ल्यान्डबीच २४ वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो । दुई टोलीबीचको प्रतिस्पर्धा सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड गोल’ र सन् १९९८ मा डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनाका कारण अझ चर्चित छ । 

विश्वकपमा यी दुई टोलीबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएका छन् । इंग्ल्यान्डले ३ तथा अर्जेन्टिनाले २ खेल जितेको छ । समग्रमा भने दुई देशले १४ खेल खेलेका छन् । जसमा इंग्ल्यान्डले ६, अर्जेन्टिनाले ३ खेल जितेका छन् भने ५ खेल बराबरीमा सकिएका छन् । 

आजको खेलको विजेताले साउन ३ गते आइतबार राति पौने १ बजे हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

विश्व फुटबलका पुराना प्रतिस्पर्धीबीच हुने खेलअघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया