.

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल काजकिस्तानसँग पराजित

काभा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ ले पराजित भएको छ ।

 पाकिस्तानको इस्लामाबादमा भएको खेलमा पहिलो २ सेट पराजित भएपछि पछिल्लो २ सेटमा कमब्याक गर्दै नेपालले खेल पाँचौं सेटमा लम्बाएको थियो। 

नेपाल काजकिस्तानसँग २५–१९, २५–२१, ३२–३४, २५–१९ र १५–९ ले पराजित भएको हो ।  नेपालविरुद्ध पहिलो, दोस्रो र पाँचौं सेट जित्दै काजकिस्तानले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । 

नेपालले तेस्रो र चौथो सेटमा निकै राम्रो कमब्याक जित निकाले पनि पाँचौं सेटमा भने पछि पर्यो । हारका बावजुद पनि नेपालले अंक तालिकामा १ अंक दर्ता गरेको छ । 

नेपालले दोस्रो खेल श्रीलंकासँग बिहीबार खेल्ने छ । यस प्रतियोगिता ६ वटा राष्ट्रले सहभागिता जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया