.

विराटनगरको दरहियामा कम गुणस्तरको सडक निर्माण भन्दै स्थानिले गरे अवरोध

विराटनगर महानगरपालिका वडा नं १६ दरहियामा निर्माण भइरहेको सडक गुणस्तरहीन भएको भन्दै स्थानीयवासीले सडक निर्माण अवरोध गरेका छन ।

नवदुर्गा निर्माण सेवाले ८ लाख ९९ हजार ८ सय ६७ रुपैया ६४ पैसामा दानीको घर देखी पूर्व कलभर्टसम्मको बाटो निर्माण गर्ने ठेक्का लिएर असार ४ गते देखी २४ गतेसम्म २० दिनमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेर काम अघि बढाएको थियो ।

तर असार मशान्त भित्र नै काम सम्पन्न गर्नुपर्ने दबाबका कारण पानी र झरीका विचमा नै उनले सडकको दुबै तर्फ रिटेटिङवाल निर्माण गर्दा कम गुणस्तरको काम गरेको भन्दै स्थानियले विरोध गरेर काम अवरोध गरेका छन । काम अवरोध भएपछि अहिले स्थानिय, बालबालिकालाई उक्त बाटो प्रयोग गरेर हिडडुल गर्न र विद्यालय जान आउन समेत समस्या भएको स्थानिय नविन मण्डलले बताए ।

उनका अनुसार हिलोमा नै खनेर हिलोनै नसुकी सिमेन्टी, बालुवा घोलेर दुई नम्बर इटा प्रयोग गरि काम भइरहेको देखेपछि आफूहरुले विरोध गर्दै गुणस्तरिय काम गर्न ठेकेदार र वडाध्यक्षलाई जानकारी गराएको हो । तर कम समय सिमाभित्र हतार हतार काम गर्नु परेको र मौसम अनुकुल नहुदा काम बिचैमा रोकीएको उनले जानकारी दिए ।

ठेकेदार धर्मदेव साहका अनुसार निर्माणस्थलमा स्थानीय केही व्यक्तिबाट पटक–पटक अवरोध, मिस्त्री तथा मजदुरमाथि गालीगलौज र अभद्र व्यवहार हुने गरेपछि कामदारहरू निर्माणस्थलमा जानै नमान्ने अवस्था सिर्जना भएपछि काम रोकीएको हो । उनले निर्माण कार्य रोकिएको र अब महानगर अथवा वडा कार्यालयले पुन निर्माण कार्य गर्नु भन्ने आदेश दिए पछि मात्र कार्य आगाडी बढाउने जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया