मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ ।
वन क्षेत्रमा चोरी–सिकारी हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब ९ बजे वन क्षेत्रमा गस्ती गरेको थियो । गस्तीका क्रममा जंगलभित्र रातो प्लास्टिकको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा भरुवा बन्दुक एक थान र बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद हतियार तथा विस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।