.

ब्राजिलले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने

पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

भारतीय फुटबल महासंघले ब्राजिल भारत भ्रमणमा आउने निश्चित भएको जनाएको हो । खेल आगामी अक्टोबर ३ तारिखमा कोलकातामा हुने भएको छ । भारतले सामना गर्न लागेको हालसम्मकै उच्च वरीयताको टोली ब्राजिल नै हो । ब्राजिल हाल फिफा वरीयताको पाँचौं स्थानमा छ ।

ब्राजिल भारतले समना गर्न लागेको चौथो दक्षिण अमेरिकी राष्ट्र हो । भारतले यसअघि अर्जेन्टिना, पेरु र उरुग्वेसँग खेलेको थियो । महासंघका उपमहासचिव एम सत्यनारायणले यो भारतीय फुटबलका निम्ति ऐतिहासिक क्षण हुने बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया