प्रधानमन्त्री बालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ।
छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता छन्।
यसै बिच आज भएको भेटघाटका क्रममा आफूहरूले मधेशमा भएका घटनाहरूबारे ध्यानाकर्षण गराएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
मधेशमा फैलिएको आगो रोक्नका लागि राज्य संवेदनशील भएर लाग्नुपर्नेमा आफूहरूले ध्यानाकर्षण गराएको बताए ।
त्यस्तै सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् ।
सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् ।
सभापति लामिछानेले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन् ।
उनले अगुवाहरूलाई सुनसरी, सिराहालगायत देशका विभिन्न भागमा भइरहेको प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका छन् ।