.

कुवेतमा भएको ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमारको ज्यान गयो

कुवेतमा भएको ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ ।

कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाडी चलाउने काम गर्दै आएका तेह्रथुमका ४४ वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो ।

दूतावासले घटनाप्रति दुःख व्यक्त गरी शव स्वदेश पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढाएको पनि जनाएको छ ।

कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया