भारतको महाराष्ट्रमा पर्ने भिवण्डीमा चारतले भवन भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढीको अवस्था सिर्जना भइरहेका बेला भिवण्डीमा भवन भत्किँदा उनीहरूको मृत्यु भएको हो ।
भत्किएको भवनको भग्नावशेषमा अझै दुई जना फसेको आशंका गरिएको छ । उद्धार टोलीले उनीहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
स्थानीय विधायक महेश चौगुलेका अनुसार निकै जीर्ण अवस्थामा रहेको भवनलाई यसअघि नै जोखिमयुक्त (खतरनाक) भवन घोषणा गरिएको थियो ।