.

छनोट नभएर पनि नेपालको नाम महिला एसिया कप खेल्ने टोलीको सूचीमा

महिला एसिया कप छनोटको खेलमा छनोट चरण पार गर्न नसकेको नेपालको नाम एसिया कप खेल्ने टोलीको नाममा समावेश गरिएको छ । 

क्रिकइन्फोका अनुसार नेपाली महिला टोलीले पनि एसिया कप खेल्ने भनेर उल्लेख गरिएको छ । अगष्ट २८ देखि सेप्टेम्बर १३ सम्म यूएईमा हुने भनि तय भएको यस प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने छन् । 

जसमा साविक विजेता श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश, नेपाल, मलेसिया, थाइल्यान्ड र आयोजक राष्ट्र यूएई रहेको छ । आयोजक राष्ट्रहरुलाई जुलाई २२ मा नै सहभागिता सम्बन्धि जानकारी पठाइएको क्रिकइन्फोमा उल्लेख गरिएको छ । यस प्रतियोगिताको तालिका भने निर्धारण भइसकेको छैन। जेठमा मलेसिया भएको छनोट चरण नेपाल पार गर्न सकेको थिएन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया